ओली सरकारले हटाएका प्रदेश प्रमुखहरूलाई पुनर्नियुक्ति गर्न सरकारलाई माओवादी केन्द्रको सुझाव
  • CIA Khabar

  • काठमाडौँ । नेकपा माओवादी केन्द्रले ओली सरकारले हटाएका प्रदेश प्रमुखहरूलाई नै पुनर्नियुक्ति गर्न सरकारलाई सुझाव दिने निर्णय गरेको छ ।

    पार्टी कार्यालय पेरिसडाडामा मंगलबार बसेको स्थायी कमिटी बैठकले आफ्ना भागमा परेका दुईवटा प्रदेश प्रमुखमध्ये गण्डकीमा अमिक शेरचन र प्रदेश २ मा तिलक परियारलाई नै सिफारिस गर्ने निर्णय गरेको हो ।

    प्रदेश प्रमुखहरूको भागबण्डामा सातमध्ये माओवादी केन्द्रलाई दुईवटा परेको थियो । शेरचन र परियार दुवै जनालाई केपी ओली सरकारले हटाएर गण्डकीमा सीता पौडेल र प्रदेश २ मा राजेश अहिराजलाई नियुक्त गरेको थियो ।

    बैठकपछि माओवादी केन्द्रका नेता देवेन्द्र पौडेलले ओली सरकारले फेरबदल गरेका प्रदेश प्रमुखलाई हटाउने निर्णय गरेको जानकारी दिए ।

    माओवादीले दिएको सुझाव अनुसार मन्त्रिपरिषद्ले प्रदेश प्रमुख हेरफेर गर्ने पौडेलले बताए ।

  • १२ श्रावण २०७८, मंगलवार १७:०६ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images