चलचित्र छायांकनको क्रममा बिराज भट्ट भए घाइते
  • CIA Khabar

  • काठमाडौं । चर्चित अभिनेता बिराज भट्ट घाइते भएका छन् । चलचित्रको एक्सन स्टन्टको क्रममा बिराज भट्टको बाँया खुट्टामा चोट लागेको छ ।

    उनलाई भोजपुरी चलचित्र ‘आक्रोश’ को छायांकनको क्रममा चोट लागेको हो । खुट्टामा चोट लागेर रगत जमेकोले डाक्टरले दुई साता आराम गर्न भनेको बताइएको छ ।

    सन्दिप सिंहले निर्देशन गरिरहेको यस चलचित्रको भारतको लखनउमा छायांकन भइरहेको थियो । बिराज घाइते भएपछि चलचित्रको छायाँकन पनि रोकिएको छ ।

    चलचित्रको छायाँकल अहिलेसम्म ४० प्रतिशत सकिएको छ । यस चलचित्रमा विराजसँगै प्राची सिंह, सन्जय पाण्डे, मनोज टाइगर लगायतका कलाकारको अभिनय रहेको छ ।

  • १२ श्रावण २०७८, मंगलवार १९:१६ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images