सत्तारूढ गठबन्धनको बैठक बिहीबार पनि बस्दै, मन्त्रिपरिषद बिस्तार बारे छलफल हुने
  • CIA Khabar

  • सत्ता गठबन्धनको बैठक बिहीबार फेरी बस्ने भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान ८ः३० बजेको लागि बैठक बोलाएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।  मन्त्रीपरिषद विस्तार लगाएतका विषयमा बुधबार बसेको बैठकबाट टुंगोमा पुग्न नसकेपछि थप छलफलका लागि बैठक बस्न लागेको हो ।
    प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एमाले वरिष्ठ नेता माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी लगायत बैठक बस्ने तयारी गरेका छन् ।
    देउवा नेतृत्वको सरकारमा कांग्रेसबाट दुई मन्त्री र एक राज्यमन्त्री छन् भने माओवादीबाट दुई जना मन्त्री छन् ।
    जसपाभित्रको आन्तरिक विवाद निर्वाचन आयोगबाट निरूपण गर्दै अध्यक्ष यादव नेतृत्वले आधिकारिकता पाएसँगै गठबन्धन बैठक बस्न लागेको छ ।
    गठबन्धन बैठकमा यसअघि नेकपा एमालेका नेता माधवकुमार नेपाल पनि सहभागी थिए । एमालेका २२ जना सांसदले गत साउन ३ मा प्रधानमन्त्रीमा देउवालाई विश्वासको मत दिएका थिए।  एमालेका ती सांसदहरुले सरकारमा सहभागी हुन नेता नेपाललाई दवाव दिइरहेका छन् ।
  • १३ श्रावण २०७८, बुधबार १९:५४ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images