काठमाडौँ । भारतमा थप ४१ हजारमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
तीन महिना अघिसम्म लगातार ४ लाख संक्रमित हुँदै आएकोमा पछिल्लो २४ घण्टामा त्यहाँ ४१ हजार ४९९ जनामा संक्रमण भएको छ । पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या ३ करोड १६ लाख १२ हजार ७९४ पुगेको छ ।
यो समाचार तयार पार्दासम्म भारतमा ४ लाख १५ हजार ३९७ जना संक्रीय संक्रमित छन् ।
यस्तै त्यहाँ एकैदिन ५९८ संक्रमितको मृत्यु भएको छ । पछिल्लो विवरणसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ४ लाख २३ हजार ८४२ पुगेको छ ।