काठमाडौँ । मैत्रीपूर्ण फुटबल खेलमा जर्मन क्लब बायर्न म्युनिखलाई इटालियन क्लब नापोलीले हराएको छ ।
प्रि-सिजनको तयारी अन्तर्गत शनिबार भएको खेलमा बायर्न इटालियन क्लब नापोलीसँग ३-० गोलले पराजित भएको हो ।
नापोलीलाई जित दिलाउन भिक्टर ओसिम्हेनले दुई गोल गरे । जिनेदिन माचाकले एक गोल गरे ।