परीक्षा अघि विद्यार्थीलाई खोपको व्यवस्था गर्न नेविसंघको माग
  • CIA Khabar

  • काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ) ले परीक्षा दिनुअघि विद्यार्थीलाई कोरोनाविरुद्धको खोपको व्यवस्था गर्न सरकारसँग माग गरेको छ । नेविसंघले कक्षा १२ को परीक्षा नजिकिएकाले सबै परीक्षार्थीलाई खोप लगाउन माग गरेको हो ।

    साउन ३१ गते शुरु हुने कक्षा १२ को परीक्षामा ४ लाख विद्यार्थी सहभागी हुँदैछन् । नेविसंघका महामन्त्री बलदेव तिमल्सिनाले परीक्षा दिनुअघि विद्यार्थीको निस्शुल्क कोरोना परीक्षण गर्न र कोरोना संक्रमण भई परीक्षा दिन नसक्ने भए विद्यार्थीलाई दोस्रो चरणमा परीक्षा दिन पाउने व्यवस्था गर्नुपर्ने बताए ।

    नेविसंघले परिक्षा केन्द्र बढाएर परीक्षा सञ्चालन गराउन पनि माग गरेको छ ।

  • १७ श्रावण २०७८, आईतवार ०९:३७ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images