वीर अस्पतालमा स्वास्थ्यकर्मी र प्रहरीबीच झडप, ४ जना घाइते
  • CIA Khabar

  • काठमाडौँ । वीर अस्पतालका स्वास्थ्यकर्मी र प्रहरीबीच झडप भएको छ । स्वास्थ्यकर्मी तथा कर्मचारीले गरेको प्रदर्शनमा प्रहरीले हस्ताक्षेप गरेपछि झडप भएको कर्मचारी दीपक मुडभरीले बताए ।

    अस्पतालको प्रशासकीय अधिकृत डा. जागेश्वर गौतमविरुद्ध प्रदर्शनमा उत्रिएका स्वास्थ्यकर्मी र कर्मचारीलाई प्रहरीले लाठीचार्ज गरेर घाइते बनाएको उनले बताए । झडपमा ४ जना घाइते भएका छन् ।

    सरकारले कोभिड १९ नियन्त्रणसम्बन्धी अध्यादेश ल्याई वीर अस्पताललाई कोभिड युनिफाइड अस्पताल बनाउने घोषणा गरेपछि स्वास्थ्यकर्मी आन्दोलित भएका छन् । डा. गौतम वीर अस्पतालको प्रमुख भएर गए पनि अस्पतालको सेवामा कुनै सुधार नभएको भन्दै उनीहरु प्रदर्शनमा उत्रिएका हुन् ।

    उनीहरुले आठ महिनादेखि कोभिड–१९ जोखिम भत्ता लगायतका विभिन्न भत्ता नपाएको पनि बताएका छन् ।

  • १७ श्रावण २०७८, आईतवार १८:३० प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images