कायम मुकायम प्रधानसेनापतिमा शर्मा
  • CIA Khabar

  • काठमाडौँ । नेपाली सेनाका प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाको तीन वर्षे कार्यकाल सकिन लागेपछि सेनाका बलाधिकृत रथी प्रभुराम शर्मालाई कायममुकायम प्रधान सेनापति तोकिएको छ ।

    राष्ट्रपति विद्यादेवी भण्डारीले शर्मालाई साउन २६ गतेदेखि लागू हुने गरी कायम मुकायम प्रधानसेनापति तोकेकी हुन् ।

    प्रधान सेनापति थापाको तीन वर्षे कार्यकाल साउन २४ गते सकेर घरबिदामा बस्ने भएपछि ज्येष्ठता क्रममा रहेका शर्मालाई सैनिक ऐन २०६३ को दफा ८(३) अनुसार मन्त्रिपरिषद्को सिफारिस अनुसार कायम मुकायम प्रधानसेनापति तोकिएको हो ।

  • १७ श्रावण २०७८, आईतवार १८:३८ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images