नयाँ सरकार आउने बित्तिकै दमन र राजनीतिकरण शुरु भसक्यो : ओली
  • CIA Khabar

  • काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रैका केहि व्यक्तिले प्रगतिशील सरकार ढालेर दक्षिणपन्थी सरकार बनाएको आरोप लगाएका छन् ।

    आइतबार ललितपुरमा तुल्सीलाल अमात्यको २४ औं स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले प्रतिक्रियावादीको पछि लागेर एमालेका केही नेताहरुले दक्षिणपन्थी सरकार बनाएको आरोप लगाएका हुन् ।

    उनले व्यक्तिगत अहंकार र जिद्धीको कारण नै कम्युनिस्ट आन्दोलनलाई कमजोर पार्ने र प्रतिगमन ल्याउने खेल भएको बताए ।

    प्रगतिशील सरकार ढालेर दक्षिणपन्थी सरकार बनाउनु प्रतिगमन भएको उनको भनाइ छ । ओलीले दक्षिणपन्थीलाई प्रधानमन्त्री बनाउन राष्ट्रपतिकोमा र अदालतमा गएर हस्ताक्षर गरेको जिकिर गरे ।

    अध्यक्ष ओलीले वर्तमान सरकार निर्वाचनबाट नभइ कुबाटोबाट आएकोले यसलाई प्रतिगमनकारी सरकार भन्नुपर्ने पनि बताए ।

    उनले मुलुकको विकास र सुशानसका लागि कम्युनिस्ट सरकार नै चाहिने धारणा राखे । ओलीले सरकारबाट हटेको भोलिपल्ट स्काउट जस्ता संस्थालाई चल्न नदिएको भन्दै नयाँ सरकार आउने बितिकै दमन र राजनीतिकरण शुरु भएको तर्क गरे ।

    उनले सरकारको गलत कामको खबरदारी र आवश्यक परे प्रतिरोध गर्ने चेतावनी दिए।

  • १७ श्रावण २०७८, आईतवार १८:४२ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images