तुइन प्रकरण : गृह मन्त्रालयलको छानबिन टोली दार्चुला जाँदै
  • CIA Khabar

  • काठमाडौँ । भारतीय सुरक्षाकर्मीले तुइन काटेर नेपाली युवालाई महाकाली नदीमा बेपत्ता बनाएको प्रकरण छानबिन गर्न गृह मन्त्रालयको टोली आज दार्चुला प्रस्थान गर्दैछ ।

    दार्चुलाको व्यास नगरपालिका-२ का जयसिंह धामी महाकाली नदीमा खसेर बेपत्ता भएको घटनाको अनुसन्धान गर्न गृहमन्त्रालयले गठन गरेको छानबिन टोली दार्चुला जान लागेको हो ।

    गृम मन्त्रालयले सहसचिव जनार्दन गौतमको नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक पुरुषोत्तम कँडेल, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक हुतराज थापा, सशस्त्र प्रहरी बलका बरिष्ठ उपरीक्षक सुरेश कुमार श्रेष्ठ र जिल्ला प्रशासन कार्यालय दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्ट रहेको छानबिन समिति गठन गरेको छ ।

     

    घटनाबारे सत्य तथ्य छानविन गरी १० दिन भित्र प्रतिवेदन पेश गर्न गृहमन्त्री बालकृष्ण खाँणले समितिलाई निर्देशन दिएका छन् ।

  • १८ श्रावण २०७८, सोमबार १२:०२ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images