एन्फाका प्रवक्ता राईले दिए राजीनामा
  • CIA Khabar

  • काठमाडौँ । अखिल नेपाल फुटबल संघ एन्फाका प्रवक्ता किरण राईले पदबाट राजीनामा दिएका छन् ।

    उनले सोमबार अध्यक्ष कर्माछिरिङ शेर्पालाई राजीनामा पत्र बुझाएका हुन् । राजीनामा दिएपछि पत्रकार सम्मेलन गर्दै राईले फुटबलमा देखिएका पछिल्ला गतिविधिहरु दुवै तर्फबाट बन्द गर्न आग्रह गरे ।

    अहिले नेतृत्वको टकराबका कारण फुटबलको हित नहुँने भन्दै राईले अहिले एकले अर्कालाई ‘हिलो छ्याप्ने’ काम बन्द गर्न आग्रह गरे ।

    उनले कुनै व्यक्ति विशेषका कारण नभई फुटबलको विकासका लागि वातावरण बनाउन आफूले राजीनामा दिएको बताए ।

    राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाहा अलमुताइरीको राजीनामा प्रकरणमा असन्तुष्ट रहेका राईले प्रवक्ताको जिम्मेवारीबाट हट्ने निर्णय गरेका हुन् ।

  • १८ श्रावण २०७८, सोमबार १६:४९ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images