कोरोना जोखिम बढ्दै गए आगामी दिनमा हुने परीक्षा स्थगित हुन सक्छन् : राज्यमन्त्री श्रेष्ठ
  • CIA Khabar

  • काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले कोभिड–१९ तेस्रो लहरको जोखिम बढ्दै गएमा आगामी दिनमा सञ्चालन गर्ने भनिएका परीक्षा स्थगित हुनसक्ने बताएका छन् ।

    उनले कोरोनाको जोखिम बढेमा परीक्षा स्थगित गरी आन्तिरिक मुल्यांकनका आधारमा परीक्षाफल प्रकाशन गर्ने सम्बन्धमा शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयसँग परामर्श गर्ने जनाएका हुन् ।

    मन्त्री श्रेष्ठले सोमबार भर्चुअल रूपमा २३ बुँदे सार्वजनिक स्वास्थ्य र महामारी नियन्त्रणबारे नीतिगत तथा कार्ययोजना सार्वजनिक गर्दै कोरोना बढे परीक्षा स्थगित गर्न सकिने बताएका हुन् ।

    उनले सार्वजनिक गरेका कार्ययोजनाको ११ औँ बुँदामा ‘कोभिड–१९ को तेस्रो लहरको जोखिम बढ्दै गएको सन्दर्भमा निकट भविष्यमा सञ्चालन हुन गइरहेका परीक्षा सम्बन्धी कार्यक्रम स्थगन गरी आन्तरिक मूल्यांकनका आधारमा नतिजा प्रकाशन गर्ने सम्बन्धमा शिक्षा मन्त्रालयसँग परामर्श गरी अविलम्व उचित निर्णय गरिने छ’, उल्लेख गरिएको छ ।

  • १८ श्रावण २०७८, सोमबार १७:१८ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images