स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले सरकारी सेवा सुविधा नलिने
  • CIA Khabar

  • काठमाडौँ । गत साउन १० गते स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री बनेका उमेश श्रेष्ठले सरकारी सेवा सुविधा नलिने घोषणा गरेका छन् ।

    सोमबार १०० दिने कार्ययोजना सार्वजनिक गर्दै राज्यमन्त्री श्रेष्ठले सुरक्षाकर्मी बाहेक अन्य सरकारी सेवा सुविधा नलिने घोषणा गरेका हुन् ।

    मन्त्री पदमा रहञ्जेल आफू संग्लग्न रहेको व्यावसायिक संस्थाबाट अलग हुने पनि उनले बताएका छन् । उनले भने, ‘राज्यमन्त्रीको जिम्मेवारी सम्हालेपछि मैले आफ्नो व्यक्तिगत सम्पूर्ण व्यवसायिक संलग्नताबाट अलग हुने निर्णय गरेको छु ।’

  • १८ श्रावण २०७८, सोमबार १७:२८ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images