मनाङका बाढीपीडितलाई राहत वितरण
  • CIA Khabar

  • मनाङ । पूर्वमन्त्री एवं नेपाली कांग्रेस मनाङका सभापति टेकबहादुर गुरुङ, सांसद कर्म घले र प्रदेशसभा सदस्य चिन्ताबहादुर घलेले मनाङका बाढीपीडितलाई ३० लाख रुपैयाँ बराबरको राहत उपलब्ध गराएका छन् ।

    मनाङका प्रत्येक घरलाई दाल, चामल, तेल, नुनलगायतका खाद्य सामग्री उनीहरुले राहतस्वरुप उपलब्ध गराएका हुन् । मनाङका चारवटै गाउँपालिकाका लागि उनीहरुले राहत वितरण गरेका छन् । उनीहरुले ४१ हजार केजी खाद्यान्न नेपाली सेनाको हेलिकप्टरमार्फत मनाङ पुर्‍याएका थिए ।

    खराब मौसमका कारण खाद्यान्न पुर्‍याउन नसकिएका बाँकी ठाउँमा मौसममा सुधार आउनेबित्तिकै ढुवानी गरिने पूर्वराज्यमन्त्री टेकबहादुर गुरुङले जानकारी दिए । त्यसका लागि राहत वितरण टोलीका सदस्यलगायत हेलिकप्टर र चालक दलका सदस्य लमजुङको बेंसीशहरमै बसेको नेपाली कांग्रेस मनाङका सचिव सुरेन्द्र गुरुङले बताए ।

    पिसाङका स्थानीय राम गुरुङले राहत सामग्री बुझ्दै जोखिम मोलेर राहत उपलब्ध गराएकाले आफूलाई अभिभावक नै पाएको अनुभूति भएको बताए ।

    नासो गाउँपालिकाकी उपाध्यक्ष कमलमाया गुरुङले बाढीका कारण गाउँपालिका कार्यालय बगाएकाले सबै काम अन्य जिल्लाबाट सञ्चालन गर्नुपरेको बेला राहत आउँदा खुशी लागेको बताइन् ।

  • १८ श्रावण २०७८, सोमबार १७:४४ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images