नेप्से परिसूचक ४.०६ अंकले बढ्यो, १० अर्ब ९८ करोडमाथिको कारोबार
  • CIA Khabar

  • काठमाडौंँ । साताको दोस्रो दिन आज शेयर बजार नेप्से परिसूचक ४ दशमलव ०६ अंकले बढेर ३ हजार ८५ दशमलव ०७ को विन्दुमा कायम भएको छ ।

    आज दिनभरिमा २२६ वटा कम्पनीको २ करोड १८ लाख ९४ हजार ३५५ कित्ता शेयर सकनबेच हुँदा १० अर्ब ९८ करोड ३६ लाख ८२ हजार रुपैयाँको शेयर कारोबार भएको छ ।

    आज सबैभन्दा धेरै अरुण कावेली पावर कम्पनीको शेयर कारोबार भएको छ । कम्पनीको ३७ करोड ७५ लाख ४७ हजार रुपैयाँको शेयर कारोबार भएको छ । यूनिभर्सल पावर कम्पनीको ३५ करोड ४८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    त्यस्तै, फर्स्ट माइक्रोफाइनान्स कम्पनीको ३४ करोड ३ लाख, नागरिक लगानी कोषको ३२ करोड १९ लाख, रिडी हाइड्रोपापर कम्पनीको २८ करोड ८६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    त्यसैगरी आज सबैभन्दा धेरै घलेम्दाी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज सबैभन्दा धेरै नेपाल हाइड्रो डेभलपर्स र यूनाइटेड इदी मर्दीका लगानीकर्ताले गुमाएका छन् ।

  • १८ श्रावण २०७८, सोमबार १७:५६ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images