सन्दीपले ईपीएलमा काठमाडौं किङ्स-११ को कप्तानी गर्ने
  • CIA Khabar

  • काठमाडौं । आगामी सेप्टेम्बर २५ अर्थात् असोज ९ देखि हुने चौथौ संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल)मा काठमाडौं किङ्स–११ को कप्तानी सन्दीप लामिछानेले गर्ने भएका छन् ।

    काठमाडौं किङ्सले सोमबार विज्ञप्ति जारी गर्दै सन्दीपलाई कप्तान नियुक्त गरेको जनाएको छ । सन्दीपलाई उनको जन्मदिनकै अवसर पारेर काठमाडौंले कप्तान चयन गरेको खबर उपहार स्वरुप दिएको छ ।

    काठमाडौंका सीईओ राज थापाले सन्दीप नेपाली क्रिकेटको ग्लोबल ब्राण्ड रहेको र टी–२० क्रिकेटमा स्थापित नाम भएको बताए । साथै थापाले सन्दीपलाई कप्तानको रुपमा घोषणा गर्दा गर्व लागेको भन्दै उनलाई नयाँ यात्राको लागि शुभकामना दिएका छन् ।

    आफ्नो जन्मदिनको दिनमै यो खबर प्राप्त गर्दा खुशी लागेको सन्दीपले प्रतिक्रिया दिए । सन्दीपले शाहिद अफ्रिदी लगायत नाम चलेका खेलाडीलाई नेतृत्व गर्नु ठूलो उत्तरदायित्व रहेको बताए ।

    काठमाडौंले केही दिनअघि पाकिस्तानका पूर्व कप्तान अफ्रिदीलाई विदेशी खेलाडीको रुपमा अनुबन्ध गरिसकेको छ ।

  • १८ श्रावण २०७८, सोमबार १८:०१ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images