कपिलवस्तु। निर्धन उत्थान लघुबित्त बित्तिय सस्था लिमिटेड शाखा कार्यालय इमिलिया कपिलवस्तुले आज कार्यक्रम आयोजना गरि मृतक सदस्यको परिवारलाइ बिमा रकम बितरण गरेको छ।
स्वर्गद्वारी महिला समुहकि प्रमुख जसोदा बनिन र को अध्यक्षता, शिवराज नगरपालिका का मेयर नेत्रराज अधिकारी को प्रमुख आतिथ्यता , निर्धन उत्थान लघुबित्त भैरहवा क्षेत्रीय कार्यालय का क्षेत्रीय प्रमुख शम्भु न्यौपाने को बिशिस्ट आतिथ्यता, शिवराज नगरपालिका वडा न ३ का वडा अध्यक्ष टेकराज सापकोटा , वडा सदस्य श्यामलाल थारु शाखा प्रबन्धक दिपक भट्टराईको आथित्यतामा कार्यक्रम सम्पन्न भएको थियो।
शिवराज नगरपालिका वडा न ४ स्थित स्वर्गद्वारी ख समुहकि सदस्य टिकिकुमारी खत्री को मृत्यु पश्चात् आज उहाको पति गोबिन्द बहादुर केसिलाइ रु ९ लाख ३ हजार ५ सय रुपैया र शिवराज नगरपालिका वडा न ३ स्वर्गद्वारी क समुहकी सदस्य किस्नावती गुप्ताको मृत्यु पश्चात आज उनको हकवाला पति महबत गुप्तालाइ रु ७ लाख २१ हजार ५ सय रुपैया नगरप्रमुख नेत्रराज अधिकारी तथा क्षेत्रीय प्रमुख शम्भु न्यौपाने , शाखा प्रमुख दिपक भट्टराईले सयुत्त रुपमा हस्तान्तरण गर्नुभएको थियो।
कार्यक्रम मा बोल्दै नगरप्रमुख नेत्रराज अधिकारिले निर्धन उत्थान लघुबित्तले गरेको सामाजिक उतरदायित्वको कार्य सर्हानिय रहेको हुदा यश सस्थाबाट कर्जा कारोबार गरेर सबै उधमशिल हुनुपर्ने बताउनु भयो।क्षेत्रीय प्रमुख शम्भु न्यौपानेले निर्धन उत्थान लघुबित्तले देशका ७७ ओटै जिल्ला बाट बित्तिय तथा गैरबित्तिय सेवा प्रवाह गरिरहेको हुदा निर्धन लघुबित्तले अप्ठ्यारो मा परेका दिदिबहिनिहरुलाइ आफ्नै घरको परिवार सम्झिएर हातेमालो गर्ने बताउनुभयो।त्यस्तै वडा अध्यक्ष सापकोटाले निर्धनको कर्जा लिएर आय आर्जन गरेर जीवन स्तर माथी उठाउन समूह दिदिबहिनी लाई आग्रह गर्नुभएको थियो।कार्यक्रम मा जनप्रतिनिधि , सस्था प्रतिनिधि , समुहसदस्य तथा स्थानिय बासिन्दाको उपस्थिती रहेको थियो भने कार्यक्रम सन्चालन निर्मला खनालले गर्नुभएको थियो।
दुइवटा समूहका मृतक सदस्य लाई रु कुल १६ लाख २५ हजार रुपैया बिमा बापत को रकम बितरण गरिएको थियो।निर्धन उत्थान लघुबित्त बित्तिय सस्था मा आबद्ध रहि कर्जा कारोबार गर्दा सस्थाले ग्रामीण कर्जा बिमा रिलायबल इन्स्योरेन्स सग गरिदिएको हुन्छ।