कोरोना संक्रमणले मलेसियामा एक नेपालीको मृत्यु
  • CIA Khabar

  • दोहा । कोरोना भाइरसको संक्रमणले मलेसियामा कार्यरत एक नेपालीको मृत्यु भएको छ ।

    मलेसियाको जेके सेक्युरिटी कम्पनीमा कार्यरत संखुवासभा मादी नगरपालिका ठेगाना भएका ३९ वर्षीय प्रेम कुमार राईको कोरोना संक्रमणपछि मृत्यु भएको त्यहाँ रहेको नेपाली दूतावास स्रोतले जनाएको छ ।

    कोरोना पोजेटिभ देखिएपछि राई चार दिनदेखि कम्पनीकै होस्टेलको आईसोलेनमा बसिरहेका थिए । संक्रमणले थप जटिल बनाएपछि कम्पनीले उनलाई त्यहाँको सेलायाङ्ग अस्पतालमा लगेर भर्ना गरेको थियो ।

    उपचारकै क्रममा सोमवार उनको मृत्यु भएको बताइएको छ । मृतक राई विगत पाँच वर्षदेखि मलेसियामा काम गर्दै आएका थिए । मलेसियामा पछिल्लो समय कोरोना संक्रमण तीव्र रुपमा फैलिरहेको छ ।

    नेपाली दूतावासका द्वितीय प्रतीक कार्कीले अहिलेसम्म कोरोनाले मलेसियामा ४० नेपाली श्रमिकले ज्यान गुमाएको जनाएका छन् ।

  • १९ श्रावण २०७८, मंगलवार १०:०० प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images