सांसदको ब्यंग्य : मन्त्री बन्न टन्न पैसा हुनुपर्ने शर्त राखौं
  • CIA Khabar

  • काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद गजेन्द्र महतले मन्त्री बन्न योग्यता तोक्ने प्रस्ताव राखेका छन् ।

    मंगलबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै उनले अहिलेको सत्तारुढ गठबन्धनलाई मन्त्री छान्न सकस भइरहेको भन्दै मन्त्री बन्नका लागि योग्यता तोक्नुपर्ने भनी ब्यंग्य गरे ।

    उनले मन्त्री बन्नका लागि केही शर्त तोक्न आग्रह गरे :

    १. पार्टीको स्थायी कमिटी सदस्य हुनुपर्ने
    २. टन्न पैसा हुनुपर्ने
    ३. यसअघि कम्तीमा दुई पटक मन्त्री भएको हुनुपर्ने
    ४. धेरै पार्टी फेरबदल गरेको हुनुपर्ने
    ५. पार्टी नेतृत्वलाई घुर्की, धम्की धाक दिन सक्ने
    ६. गुटमा आवद्ध भएको हुनुपर्ने
    ७. भरसक पति, पति नभए पत्नी हुनुपर्ने
    ८. नेतृत्व वरिपरि घुम्ने र खुशी बनाउन सक्ने खुबी भएको
    ९. भ्रष्टाचार र कमिसनको दुलाहरु थाहा पाएको
    १०. यो सबै थाहा पाएको माननीयलाई मन्त्री
    ११. संसदमा आइराख्नुनपर्ने, यसो झल्याक झुलुक गरे हुने

    सांसद महतले यस्तो मापदण्ड बनाएमा नेताहरुलाई मन्त्री छान्न सजिलो हुने टिप्पणी गरे ।

  • १९ श्रावण २०७८, मंगलवार १७:४४ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images