विगतका सरकारले गरेका जनविरोधी कामहरूलाई खारेज गर्नुपर्छ : रामकुमारी झाँक्री
  • CIA Khabar

  • Interview with Ram Kumari Jhakri, federal lawmaker of Nepal Communist Party (NCP) and a member of the Finance Committee of the Federal Parliament, in Kathmandu, on Friday, April 19, 2019. Photo: Naresh Shrestha/THT

    काठमाडौं । सांसद रामकुमारी झाँक्रीले वर्तमान सरकारले विगतको सरकारले गरेको जनविरोधी कामहरूलाई खारेजी गर्नुपर्ने बताएकी छन् ।

    प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले वर्तमान सरकारले पूर्ववर्ति सरकारले गरेका जनविरोधी कामहरूलाई खारेज गर्ने जिम्मेवारी बोक्नुपर्ने बताएकी हुन् । सांसद झाँक्रीले वर्तमान सरकारको संविधानलाई ट्रयाकमा राख्ने र लोकतन्त्रलाई सही बाटोमा हिँडाउने दायित्व रहेको पनि बताइन् ।

    ‘सरकारले संविधानलाई ट्रयाकमा राख्न र लोकतन्त्रलाई सही बाटोमा हिँडाउने मात्रै दायित्व बोकेको छैन, पूर्ववर्ति सरकारले गरेका जनविरोधी कामहरूलाई खारेज गर्ने जिम्मेवारी पनि बोक्नुपर्छु उनले भनिन्, ‘यसको एउटा राम्रो उदाहरण हो, झापाको गिरिबन्धु टि स्टेट गार्डेनको हदबन्दीभन्दा बढी जग्गा बिक्री गर्ने अघिल्लो सरकारको क्याबिनेटको निर्णयलाई तत्काल खारेज गर्नुपर्छ भनेर झापाबाट एउटा प्रतिनिधि मण्डल पनि आएको छ । यसतर्फ सरकारको म ध्यानाकर्षण गराउन चाहान्छु ।’

  • १९ श्रावण २०७८, मंगलवार १८:२१ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images