देउवा-निधिबीच वार्ता : नेतृत्वमा दुवैको दाबी
  • CIA Khabar

  • काठमाडौं । क्रियाशील सदस्यता विवाद पेचिलो बन्दै जाँदा नेपाली कांग्रेसको आसन्न १४औं महाधिवेशन अनिश्चित बनेको छ । तर नेतृत्वका आकांक्षीहरुको दौडधुप कायमै छ ।

    संस्थापन समूहबाटै सभापति शेरबहादुर देउवा, उपसभापति विमलेन्द्र निधि र पूर्वउपसभापति गोपालमान श्रेष्ठको दाबी छ । र, तीनै नेताले एकअर्काको सहयोग खोजेका छन् ।

    मंगलबार भेटेका सभापति देउवा र उपसभापति निधिले एक अर्काको सहयोग खोजेका छन् । ‘उहाँहरुबीच झण्डै वर्ष दिनपछि एक्लाएक्लै छलफल भएको हो । दुबैले सभापतिमा एक अर्कालाई सहयोग गर्न आग्रह गर्नु भएको छ,’ बालुवाटारनिकट स्रोतले भन्यो, ‘देउवाजीले पनि म अन्तिम पटकका लागि हो, निधिजीलाई सहयोग गर्नूस् भन्नुभयो । निधिजीले पनि मैले तयारी अगाडि बढाइसकें, तपाईंको समर्थन चाहिन्छ भन्नुभयो ।’

    करिव एक वर्षअघि उपसभापति निधिले भापति देउवालाई भेटेरै पहिलो पटक १४ औं महाधिवेशनमा सभापति उठ्ने बताएका थिए, तर देउवा त्यसमा सहमत भएनन् ।

    असार ३ गते देउवाले प्रदेश दुईका आफूनिकट केन्द्रीय सदस्यसँगको छलफलमा पनि सभापतिमा सहयोग गर्न निधिलाई आग्रह गरेका थिए । तर निधिले आफू पनि सभापति लड्ने चभन्दै साथ दिन नसक्ने बताए ।

    मंगलबार भएको करिव एक घण्टा लामो कुराकानी पनि देउवाले १५ औं महाधिवेशनमा सहयोग गर्ने भन्दै अन्तिम पटकका लागि समर्थन गर्न आग्रह गरेका थिए । ‘यसपटक मलाई  सहयोग गर्नूस्, म पछि तपाई नै हो भन्नुभयो,’ दुई नेताबीचको भेटबारे संस्थापन समूहका एक नेताले भने ।

    उपसभापति निधिले भने आफूले तयारी अगाडि बढाइसकेको भन्दै देउवाको समर्थन खोजेका थिए । ‘म धेरै अगाडि बढिसकेँ, मलाई सहयोग गर्नूस्,’ निधिले भने, ‘१३ औं महाधिवेशनमा सबै कुरा छोडेर सभापतिमा सहयोग गरेँ । १४ औं मा तपाईको सहयोग र समर्थन माग्ने मेरो हक नै हो ।’

    निधिले महाधिवेशनका लागि छिट्टै सम्पर्क कार्यालय खोल्ने भन्दै उद्घाटनका लागि सभापति देउवालाई निम्तो समेत गरेका छन् । ‘म महाधिवेशनका लागि सम्पर्क कार्यालय खोल्दैछु, त्यसको उद्घटान तपाईंबाटै होस् भन्ने मेरो चाहना छ, आइदिनुहोला,’ निधिले भने ।

  • २० श्रावण २०७८, बुधबार ०९:५३ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images