पूर्वप्रधानमन्त्री खनालको मिर्गौला प्रत्यारोपण सफल
  • CIA Khabar

  • काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालको मिर्गौला प्रत्यारोपण गरिएको छ ।

    भारतको राजधानी नयाँदिल्लीस्थित अपोलो अस्पतालमा उपचाररत् नेता खनालको आज सर्जन डा. सन्दीप गुलरिया नेतृत्वको चिकित्सक टोलीले सफलतापूर्वक मिर्गौला प्रत्यारोपण गरेको उनको निजी सचिवालयले जनाएको छ ।

    दुवै मिर्गौला फेल भएर गम्भीर स्वास्थ्य समस्या देखिएपछि खनाल केही समययता भारतमा उपचाररत थिए । सचिवालयका अनुसार केही समय अस्पतालमा रही स्वास्थ्य अवस्था सामान्य भएपछि नेपाल फर्कने छन् ।

  • २० श्रावण २०७८, बुधबार १८:०५ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images