नेपाली काँग्रेस तरुण विभाग, विदेश समन्वय केन्द्रीय सदस्यको पहलमा भारतमा निःशुल्क कलेजो प्रत्यारोपण गरिने
  • CIA Khabar

  • काठमाडौँ । भारतको प्रतिष्ठित स्वास्थ्य हेरचाह संस्थान नारायणा सुपर स्पेशलीटी अस्पतालले नेपाली बालबालिकाहरुको निशुल्क कलेजो प्रत्यारोपण गर्ने बताएको छ ।

    गरिबीका कारण कसैले पनि स्वास्थ्य सेवाबाट बञ्चित नहोउन भन्ने मुख्य उद्धेश्य बनाएको नारायणा अस्पतालले नेपालीहरुको उपचार उनिहरुले दिन सक्ने पैसामै गर्ने र निकै मंहगो उपचार भनिएको कलेजो प्रत्यारोपण पनि सस्तो दरमा गर्ने भनेको छ । नारायणा हेल्थको उत्तर भारत क्षेत्रीय निर्देशक नवनीत बालीले आफुहरु नेपालको स्वास्थ्य पुर्वाधार क्षमता बढाउन सहयोग गर्न तयार रहेको बताउनु भएको छ । उहाँले सबै किसिमको स्वास्थ्य उपचारमा नारायणा अस्पतालको दक्षता रहेको भन्दै नेपालबाट आउने नेपालीहरुको सस्तो दरमा उपचार गर्न प्रतिवद्ध रहेको बताउनुभयो ।

    त्यसैगरि नारायणा हेल्थको कलेजो प्रत्यारोपण प्रमुख डाक्टर सञ्जय गोजाले बालबालिकाको कलेजो प्रत्यारोपणमा विरामीको आर्थिक अवस्थाको आधारमा उपचार खर्च लिने गरेको भन्दै त्यसको लाभ नेपालीहरुले लिन सक्ने बताउनु भयो । उहाँले विशेषगरि बालबालिकाको कलेजो प्रत्यारोपण गर्नु परेमा पैसानै छैन भने पनि उपचार गरिदिने बताउनुभयो ।

    त्यसैगरि भारतमा नेपालीहरुको सस्तोमा उपचार सम्भव होस् भनेर लागेका नेपाली काँग्रेस, तरुण विभागको विदेश समन्वय केन्द्रीय सदस्य एंव केयर फर क्योरका संचालक एल पी पाण्डेले भारतमा आउने नेपालीहरुको सस्तो उपचारमा सहयोग गर्ने आश्वासन दिएको बताउनुभयो ।

    नारायणा हेल्थका संस्थापक डा. देवी शेट्टी हुन । डाक्टर देवी शेट्टीको सबैका लागि स्वास्थ्य सेवा भन्ने उद्धेश्यका साथ नारायणा हेल्थले स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको छ । विरामीले खर्च गर्न सक्ने पैसामै उत्कृष्ट स्वास्थ्य सेवा प्रदान गर्दै आएको नारायणा हेल्थले त्यो लाभ नेपालीहरुलाई पनि लिन भनेको हो।

  • २१ श्रावण २०७८, बिहीबार १२:४६ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images