प्रहरी जवानको परीक्षाहलबाट चार जना नक्कली विद्यार्थीसहित ६ जना पक्राउ
  • CIA Khabar

  • मोरङ । मोरङमा प्रहरी जवान पदको परीक्षामा परीक्षा दिईरहेका ४ जना नक्कलि विद्यार्थीसहित प्रहरीले ६ जनालाई पक्राउ गरेको छ ।

    जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार १ नम्बर प्रदेशको प्रदेश प्रहरी तालिम केन्द्र रानीमा सञ्चालित प्रहरी जवान पदको परीक्षाहलबाट चार जना नक्कली परीक्षार्थीलाई पक्राउ गरिएको हो ।

    चार जनासहित परीक्षार्थीलाई पास गराइदिने बहानामा पैसाको कारोबार गरेको आरोपमा दुई जना बिचौलिया पनि पक्राउ परेको प्रहरीले जनाएको छ ।

    जिल्ला प्रहरी कार्यालय मोरङका एसपी जनार्दन जिसीका अनुसार पक्राउ पर्नेमा भोजपुर पौवादुङ्‌मा गाउँपालिका–६ का २३ वर्षीय सूर्य राई, १९ वर्षीय सागर राई, २२ वर्षीय संगम राई, धनकुटा साँगुरीगढी गाउँपालिका–८ का १९ वर्षीय सरोज राई, २७ वर्षीय राजकुमार राई र सहिदभूमि गाउँपालिका–३ का २१ वर्षीय खपाङ राई छन्।

    एसपी जिसीका अनुसार पक्राउ परेकामध्ये सूर्य राईले जवान पदमा भर्ना गराइदिन्छु भनी संगम राईबाट एक लाख १८ हजार, सागर राईबाट १ लाख १८ हजार र सरोज राईबाट दुई लाख लिएको अनुसन्धानबाट खुलेको छ ।

    प्रहरीले जवान पदमा परीक्षा दिने सक्कली विद्यार्थीको नाम भने खुलाएको छैन। पक्राउ परेका ६ जनामाथि थप अनुसन्धान भइरहेको एसपी जिसीले बताए ।

  • २१ श्रावण २०७८, बिहीबार १८:०६ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images