एसपीको घर्राबाट युएन मिसनको परीक्षाको प्रश्नपत्र चोरी भएको पुष्टि
  • CIA Khabar

  • काठमाडौँ । संयुक्त राष्ट्रसंघ (यूएन) को शान्ति मिसनमा पठाउन नेपाल प्रहरीले लिने आन्तरिक परीक्षा (प्रिस्याट) को प्रश्नपत्र ‘लिक’ भएको घटनाको छानविन क्रममा युएन शाखाका एसपीको घर्राबाट प्रश्नपत्र चोरी भएको पुष्टि भएको छ ।

    डिआईजी वसन्त लामा नेतृत्वको छानविन समितिका एक सदस्यका अनुसार युएन शाखाका एसपी अनुपम शमशेर राणाको घर्राबाट कार्यालय सहयोगी सुरेश बमले साउन १३ गते साँझ ८ बजे प्रश्नपत्र निकालेको पुष्टि भएको हो ।

    ती सदस्यले भने, ‘प्रि–स्याट’को प्रश्नपत्र एसपी राणाको घर्रारामा राखिएको रहेछ, एसपी राणा घर्राको चावि लगाएर हिडिसकेपछि कार्यालय सहयोगी सुरेश बमले अर्को चावि प्रयोग गरेर साँझ ८ बजे घर्राबाट प्रश्नपत्र निकालेको खुलेको छ । यो विषयमा थप छानविन गर्दैछौँ।’

  • २२ श्रावण २०७८, शुक्रबार ०९:०६ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images