मुलुकका अधिकांश स्थानमा बदली, तीन प्रदेशमा ‘भारी वर्षा’ को सम्भावना
  • CIA Khabar

  • काठमाडौँ । मनसुन सक्रिय भएसँगै आज पनि देशका अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको छ ।

    मौसम पूर्वानुमान महाशाखाकाले बिहान ६ बजे जारी गरेको सूचनानुसार हाल देशका अधिकांश भू–भागमा सामान्यदेखि पूर्ण बदलीको अवस्था छ ।

    आज दिउँसो प्रदेश १, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा मेघगर्जनरचट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ ।

    यस्तो छ तीन दिनको पूर्वानुमान

    श्रावण २३ गते शनिबार

    दिउँसोस् देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा मेघगर्जनरचट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ ।

    राति स् देशभर सामान्यदेखि पूर्णबदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १ को एक वा दुई स्थानमा मेघ गर्जनरचट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ ।

    श्रावण २४ गते आइतबार

    दिउँसो : देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

    राति : देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी र वाग्मती प्रदेशको एक वा दुई स्थानमा मेघ गर्जन रचट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ ।

    श्रावण २५ गते सोमबार

    दिउँसो: देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १ को एक वा दुई स्थानमा मेघ गर्जन रचट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ ।

    राति : देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

  • २३ श्रावण २०७८, शनिबार ०८:०२ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images