दशरथ रंगशाला मा नेपालले भारतसँग दुई वटा मैत्रीपूर्ण फुटबल खेल्ने
  • CIA Khabar

  • काठमाडौँ । नेपाली फुटबल टोलीले भारतसँग आगामी महिना दुई मैत्रीपूर्ण खेल खेल्ने भएको छ ।

    नेपालले भदौ १७ र २० गते भारतसँग मैत्रीपूर्ण खेल खेल्ने अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ । दुवै खेल त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा खेलाइने छ ।

    भारतीय फुटबल सङ्घले मैत्रीपूर्ण खेलका लागि एन्फासित प्रस्ताव राखेको हो । उक्त प्रस्ताव एन्फाले स्वीकार गरेको छ ।

    नेपालले १३औँ दक्षिण एशियाली फुटबल प्रतियोगिता (साफ) आयोजना गर्नका लागि समेत प्रस्ताव अघि बढाएको छ । उक्त प्रतियोगिता अघि नेपालले भारतसित मैत्रीपूर्ण फुटबल खेल्न लागेको हो ।

    बङ्गलादेशले कोरोना महामारीका कारण साफ च्याम्पियनसिप आयोजन गर्न नसक्ने जनाएपछि नेपालले सो प्रतियोगिता आयोजना गर्न इच्छा देखाएको हो । नेपालमा आगामी अक्टोबरमा १३औँ संस्करणको साफ च्याम्पियनसिप गर्न एन्फाले साफलाई पत्र पठाएको छ ।

    नेपालले यसअघि सन् १९९७ र सन् २०१३ मा साफ च्याम्पियनसिप आयोजना गरिसकेको छ ।

  • २३ श्रावण २०७८, शनिबार ०८:२५ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images