देशभर ‘भारी वर्षा’ को सम्भावना
  • CIA Khabar

  • काठमाडौँ । मनसुनी वायुको प्रभावले आज पनि देशका अधिकांश स्थानमा वर्षा भइरहेको छ ।

    मौसम पूर्वानुमान महाशाखाकाले बिहान ६ बजे जारी गरेको सूचनानुसार हाल देशका अधिकांश भू-भागमा सामान्यदेखि पूर्ण बदलीको अवस्था छ । अहिले वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ ।

    आज दिउँसो देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ भने राति प्रदेश १ र वाग्मती प्रदेशका एकाध ठाउँमा मेघगर्जनरचट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ ।

    यस्तो छ तीन दिनको पूर्वानुमान

    श्रावण २४ गते आईतबार

    दिउँसो: देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

    राति : देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १ र वाग्मती प्रदेशको एक वा दुई स्थानमा मेघगर्जन रचट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ ।

    श्रावण २५ गते सोमबार

    दिउँसो: देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १ को एक वा दुई स्थानमा मेघ गर्जनरचट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ ।

    राति : देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

    श्रावण २६ गते मंगलबार

    दिउँसो: देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । वाग्मती प्रदेशको एक वा दुई स्थानमा मेघगर्जनरचट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ ।

    राति : देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १ को एक वा दुई स्थानमा मेघगर्जन रचट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ ।

  • २४ श्रावण २०७८, आईतवार ०७:१५ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images