एमाले नेता नेपाललाई भट्टराईको सुझाव पार्टीमा नफर्कनोस्
  • CIA Khabar

  • काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले एमाले वरिष्ठ नेता माधवकुमार नेपाललाई पार्टी एकता नगर्न सुझाएका छन् ।

    नेपाल पक्ष अध्यक्ष केपी शर्मा ओली पक्षसँग एकताबद्ध हुने तयारी गरिरहेका बेला भट्टराईले सामाजिक सञ्चालनमा प्रतिगमनलाई कोरोनासँग तुलना गर्दै नेपाललाई पार्टीमा नफर्कन सुझाएका हुन् ।

    भट्टराईले सामाजिक सञ्जालमा माधव नेपालको नाम नलिए पनि उनैलाई संकेत गरेका छन् ।

    ‘कोरोना झैं प्रतिगमनको पनि नयाँ भेरिएन्ट आउनसक्छ है १ पहिलो असंवैधानिक भेरिएन्ट पराजित भए पनि दोस्रो संवैधानिक वा अर्ली इलेक्सन भेरिएन्ट आउनसक्छ,’ डा. भट्टराईले भनेका छन्, ‘पहिलोले संविधानको सशरीर हत्या गर्दै थियो भने दोस्रोचाहिँ संविधानको आत्मा मार्नेगरी आउनसक्छ । अतः ढुक्क भएर आ-आाफ्ना पार्टी वा गुटतिर नफर्कौं।’

  • २५ श्रावण २०७८, सोमबार ०८:५६ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images