तरुल दल बाराका कार्यकर्ताहरुसंग भेटघाट कार्यक्रम सम्पन्न
  • अनिलकुमार साह

  • जितपुर । सिमरा उपमहानगरपालिका वडा नं. २ सिमरा स्थित रहेको होटल सम्यकको सभा हलमा आज एक कार्यक्रमको बिच तरुल दल बाराका कार्यकर्ताहरुसंग भेटघाट कार्यक्रम सम्पन्न गरिएको छ।

    नेपाल तरुण दल का केन्द्रीय पूर्व कार्यवाहक अध्यक्ष, नेपाली काँग्रेस का महासमिति सदस्य एवम् नेपाली काँग्रेस संगठन विभागका केन्द्रीय सदस्य जन्मजय तिमिल्सिना रौतहटमा श्रद्धाञ्जली सभामा सहभागी भै आज काठमाडौं फर्किने क्रममा तरुण दल बाराका कार्यकर्ताहरुसंग भेटघाट गरेका हुन।

    उनले सो भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै आफू हर बखत तरुण दलका कुनै पनि सदस्यहरूलाई कुनै पनि किसिमको जरुरी परे सहयोग गर्न तयार रहेको बताए। त्यसैगरी सो भेटघाटमा विभिन्न सदस्यहरूले उठाएको माँगहरुलाई आफूले केन्द्रमा उठाउने प्रतिवद्धता समेत व्यक्त गरेका थिए। उनले यी अन्य पार्टिहरुले वर्तमान सरकारलाई थर्काउन तथा कामकारबाहीमा हस्तक्षेप गर्न बनाइरहेको संगठनहरुले वर्तमान सरकारलाई कुनै पनि किसिमको बाधा नपर्ने समेत जानकारी गराए। त्यसैगरी उनले भने आपसी विवादमा नपरी पार्टिलाई बलियो बनाई अगाडी बडढा नै सबैको भलो हुन्छ।

    सो कार्यकर्ता भेटघाट कार्यक्रममा तरुण दल बाराका अध्यक्ष लोकेश सिंह, नेपाल पत्रकार महासंघ बाराका अध्यक्ष रेश्म तिवारी, महाधिवेशन प्रतिनिधि हरी थपलिया, तरुण दल बाराका छेत्रीय सभापति राजकिशोर साह, प्रदेश नं। २ की प्रदेश सभा सदस्य शोभा लामा, नेपाली विद्यार्थी संघ प्रदेश नं। २ की अध्यक्ष रिता रिजाल लगायत नेपाली काँग्रेस का विभिन्न व्यक्तित्वहरु तरुण दलका विभिन्न कार्यकर्ताहरु लगातार सहभागिता रहेको थियो।

    सो कार्यक्रममा सञ्चालन शुशिल डुवारीको रहेको थियो।

  • २८ श्रावण २०७८, बिहीबार २०:५३ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images