कांग्रेसको उद्योग विभागको लुम्बिनी प्रदेश संयोजकमा युवा नेता शर्मा
  • CIA Khabar

  • काठमाडौँ। नेपाली कांग्रेसको उद्योग तथा व्यापार विभागको लुम्बिनी प्रदेश संयोजकमा आशिष शर्मा मनोनित भएका छन् ।

    विभागका प्रमुख एवम् नेपाली कांग्रेसका केन्द्रीय सदस्य चिनकाजी श्रेष्ठले शर्मालाई लुम्बिनी प्रदेशको संयोजकमा मनोनीत गरेका हुन् । शर्मा विभागकै केन्द्रीय सदस्य हुन् ।

    कपिलवस्तु जिल्ला निवासी शर्माले विभागमा राम्रो काम गरपछि प्रमुख श्रेष्ठले मूल्यांकन गरेर संयोजक बनाएका हुन् ।

    ‘नेपाली कांग्रेसको विधान २०१७ (संशोधनसहित)को धारा ३७ (१) को उपधारा (ज) बमोजिम देशको उद्योग वाणिज्य क्षेत्रको समग्र अध्ययन अनुसन्धान गरि नीति बनाउने र उद्योग तथा वाणिज्य क्षेत्रमा क्रियाशील संघ संस्थासँग सम्पर्क र समन्वय गर्ने कार्यमा यस विभागलाई सहयोग पुर्‍याउन तपाईलाई नेपाली कांग्रेस उद्योग तथा व्यापार विभागको लुम्बिनी प्रदेश संयोजकमा मनोनयन गरेको छु’, पत्रमा भनिएको छ ।

    लुम्बिनी प्रदेशको संयोजक मनोनीत भएसँग संयोजक शर्माले भदौ दोस्रो सातासम्म बुटवलमा विभागको तर्फबाट कार्यक्रम राख्ने तयारी गरेका छन् ।

    उनले भने, ‘लुम्बिनी प्रदेशबाट केन्द्रीय कार्यसमितिमा रहनुभएका पदाधिकारी, केन्द्रीय सदस्य र जिल्ला सभापतिहरू, उद्योगी व्यवसायीहरूको सुझाव तथा सल्लाहमा कार्यक्रम राख्ने छौँ ।’

    संयोजक शर्माले भनेका छन्, ‘कांग्रेसको संगठन निर्माणमा हाम्रो टिमबाट हुने सबै काम गर्ने छौँ ।

  • २९ श्रावण २०७८, शुक्रबार १५:३५ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images