काठमाडौँ। सरकारले ८५ जना सहसचिवको सरुवा गरेको छ । सामान्य प्रशासन मन्त्रालयले मन्त्रीस्तरीय निर्णयमार्फत सहसचिबको सरुवा गरिएको हो ।
सामान्य प्रशासन मन्त्रीको जिम्मेवारीमा समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार उनीहरुको सरुवा गरेका हुन् ।
सहसचिबहरुलाई प्रदेशका विभिन्न मन्त्रालयमा सचिवको जिम्मेवारी दिएर पठाइएको छ ।