९ सदस्यीय किशोरी मञ्च कपिलवस्तु गठन
  • शारदा के.सी.

  • कपिलवस्तु । न्यायपुर्ण र बिभेदरहित समाज भन्ने मुल नाराका साथ किशोरी अधिकार मञ्च कपिलवस्तुको दोस्रो साधारण सभा र प्रथम अधिवेशन सम्पन्न भएको छ । कपिलवस्तु जिल्लाका १० पालिकाका किशोरीहरूको मञ्च गठन भएको थियो ।

    साधारण सभामा तथा प्रथम अधिवेशन किशोरी मञ्च किपलवस्तु कि अध्यक्ष साधना हरिजनको अध्यक्षतामा सम्पन्न भएको हो । अधिवेशनमा गथ आर्गिक बर्ष २०७७/०७८ को बार्षिक प्रगती प्रतिवेदन मञ्चका सचिव अक्षिता शुक्लाले प्रस्तुत गर्नु भएको थियो , आर्थिक प्रतिवेदन मञ्चका कोषाध्यक्ष बिनु चौधरीले प्रस्तुत गर्नु भएको थियो भने सो अधिवेशनमा किशोरी अधिकार मञ्चको आर्थिक बर्ष २०७८/०७९ को योजनाहरू प्रस्तुतिकरण गरि अनुमानित अनुमोदन समेत गरिएको छ । गत आर्थिक बर्षको कुल आय रकम रू १९९००० रहेको र व्याय पनि १९९००० रहेको छ ।

    किशोरी मञ्चको आगामी आर्थिक बर्ष २०७८/०७९ का लागि योजनाहरू

    १। संजालिकरण, २। प्रस्तावना पेस, ३। क्षमता अभिबृद्रि तालिम, ४।सिकाई आदान प्रदान तथा भर्मण कार्यक्रम, ५। बालिकाहरूको न्यायिक समिति वडा अध्यक्ष तथा सरोकारवालाहरू संग सम्वाद, ६।बालिका सम्मेलन, ७।नमुना सांसद कार्यक्रम सञ्चालन, ८।मुख्य मन्त्री संग अन्तरक्रिया , ९।अन्तर पुस्ता सम्वाद हरू हुने भएका छन ।
    प्रस्तुत योजना तथा आर्थिक प्रतिवेदन सर्वसहमत पारित समेत गरिएको छ । कार्यक्रममा महिला अधिकार सम्बन्धि थारू नित्य,बिद्यालयमा हुने बिद्यार्थी बिच प्रध्यापकले गरिने यौन हिंसात्मक अबधि नाटक, आत्म रक्षा सम्बन्धि एक प्रस्तुतिकरण समेत भएका थिए ।

    किशोरीहरूका लागि आफ्नो पालिकाले सधैब कार्यक्रम गर्दै आएको मायादेवि गाउपालिका अध्यक्ष बजरंगि प्रसाद कुर्मीले बताउनु भयो । पालिकाले यो बर्ष पनि किशोरी अधिकारका कार्यक्रमहरू गर्ने र संगै मञ्च संग मिलेर जाने बताउनु भयो । प्रमुख जिल्ला अधिकारी चक्रपाडी पाण्डेले जिल्लामा हुने लैङ्गिक हिंसाको नियुनिकरण गरेर जान किशोरी मञ्चले भुमिका खेल्नु पर्ने बताउनु भयो । जिल्लामा पछिल्लो समय यौन दुर्ववहारका घटना घटिरहेका बेला अब मञ्चले भुकिका खेल्नु पर्ने बताउनु भयो । कपिलवस्तु जिल्लाका सबै पालिकाहरूमा समन्वय गरेर किशोरीहरूलाई जिवनउपयोगिताका सिपहरू पनि सिकाउन पर्ने र आफ्ना हक अधिकारका लागि लड्न अघि सार्नु पर्ने जिल्ला समन्वय समितिका उप सभापति तारा थारूले बताउनु भयो । कपिलवस्तु नगरपालिकाले किशोरीहरूका लागि निरन्तर कार्यक्रमहरू गर्दै आएको कपिलवस्तु गरपालिका उपप्रमुख लक्ष्मि गुप्ताले बताउनु भयो ।No description available.

    शारदा के.सी. को सम्योजकत्वमा बिन्दबासीनी हरिजन,संगिता चौरसीया सहितको निर्वाचन समितिले अध्यक्ष अक्षीता शुक्ला , उपाध्यक्ष सुमित्रा मुराउ, सचिव विनु चौधरी, सह सचिव सिला नेपाली, कोषाध्यक्ष निलम हरिजन, सदस्यहरूमा गुडिया यादव,सिला यादव,अञ्जु चौहान,सिर्जना चौधरी सहितको ९ सदस्य गठन भएको छ । नव निर्वाचनत समितिलाई २ जना मनोनित गर्ने जिम्मेवारी समेत दिएको छ ।

    किशोरी मञ्च कपिलवस्तुकि अध्यक्ष साधना हरिजनको अध्यक्षतामा भएको कर्यक्रममा प्रमुख अतिथि कपिलवस्तु नगरपालिका उपप्रमुख लक्ष्मि गुप्ता,बिशिस्ट अतिथिमा कपिलवस्तु जिल्ला प्रमुख चक्रपाडी पाण्डेय, जिल्ला समन्वय समितिका उपसंयोजक तारा थारू,अतिथिहरूमा मायादेवि गाउपालिका अध्यक्ष बजरंगी प्रसाद कुर्मी,कपिलवस्तु नगरपालिका वडा न। २ का वडा अध्यक्ष रामभजन कलवार,पुस्पा रेग्मी लगाएत रहनु भएको थियो ।

  • १० आश्विन २०७८, आईतवार १८:३६ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images