शिवराजको नेपाली कांग्रेस नगर सभापतिमा पोख्रेल र खरालको कडा प्रतिष्प्रधा
  • CIA Khabar

  • कपिलवस्तु । नेपाली काँग्रेसको शिवराज नगर समितिको निर्वाचन असोज १२ गते हुँदै छ । शिवराजको सभापतिमा दुई जना प्रतिस्पर्धा हुने देखिएको छ यद्यपि सहमतिको लागि प्रयास भने जारी छ । काँग्रेसको केन्द्रीय गुट अनुसार नै तल्लो तह सम्म उम्मेदवार बन्ने गरेका छन् ।

    अहिले कार्यवाहक सभापति मधु पोख्रेल र नेविसंघका जिल्ला सचिव राजु खराल उम्मेदवार बन्ने देखिएको छ । गत निर्वाचनमा कोषाध्यक्ष पद जितेका पोख्रेल स्थानीय तहको निर्वाचन पश्चात् सभापति पुजारी चौधरीलाई पार्टीले कारबाही गरेपछि कार्यवाहक सभापति बनेको थिए । झन्डै ४ वर्ष कार्यवाहक सभापति बनेका पोख्रेल केन्द्रीय रामचन्द्र पौडेल प्यानलका उम्मेदवारको रूपमा चिन्न सकिन्छ । उनलाई शिवराजका केही बुढापाका नेताहरूले समर्थन गरेको बुझिएको छ तर पनि उनले जित हासिल गर्न भने कडा मेहनत गर्नुपर्ने देखिन्छ ।

    यता राजु खराल विगत देखि नै शेरबहादुर देउवा प्यानलका हुन । उनलाई जिल्लाका देउवा तर्फका नेताहरूले मुख्य समर्थन गरेका छन् । शिवराजमा प्रभावशाली युवा नेताहरूले खराललाई समर्थन गरेको बुझिएको छ । सञ्चार क्षेत्रमा लामो समय काम गरेका खराललाई कपिलवस्तु क्षेत्र न ३ का सांसद अभिषेक प्रताप शाहले समर्थन गरेको बुझिएको छ । स्थानीय युवाहरू लोकप्रिय नेता अजय थापाका पक्षमा रहेका खराललाई युवाहरूको जमातले समर्थन गरिरहेका एक नेताले बताए । जिल्ला सभापति सुरेन्द्रराज आचार्यले मुख्य प्रभाव राख्ने शिवराज नगरमा पोख्रेललाई बनाउन आचार्यले कार्यदल गठन गरेका छन् ।

    काँग्रेस शिवराजका अभिभावक मानिने हुमाकान्त खनालको संयोजक्तमा रहेको कार्यदलमा पोख्रेल पक्षका ३ जना र खराल पक्षका ३ जना सदस्य रहेका छन् । अन्ततः खनाल नै निर्णय बन्न सक्ने देखिन्छ । विगतमा राजु खराल हुमकान्त खनालका खास मानिन्थे । अहिले उम्मेदवार मधु पोख्रेल पौडेल प्यानलको रूपमा देखिएपछि खनाललाई निर्णय लिन निकै अफ्ठयारो परेको काँग्रेस स्रोतले बताएको छ । पछिल्लो समय शिवराजको निर्वाचनलाई सुरेन्द्रराज आचार्य र अभिषेक प्रताप शाह अहिले सम्म दुवै नेताहरूले खुलेर कसैको पक्षमा बोलेका छैनन् ।

    मधुसूदन पोख्रेललाई पुन एक कार्यकाल दिनुपर्ने काँग्रेसका केही नेताहरूको तर्क छ । सबैसँग मिलनसार र नेतृत्व गर्न सक्न् क्षमता रहेकोले उनलाई एक कार्यकाल सबैले सहयोग गरेर दिनुपर्ने उनका एक समर्थकले बताए । खरालका समर्थकहरूले भने पोख्रेलले एक कार्यकाल चलाइएकोले अब नेतृत्व परिवर्तन गर्नुपर्ने बताएका छन् । निर्वाचन भएको खण्डमा खरालको जितलाई कसैले रोक्ने नसक्ने दाबी गरेका छन् ।

  • १० आश्विन २०७८, आईतवार २०:३२ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images