एकीकृत समाजवादीले चुनाव चिह्न कलम राख्ने, चार पदाधिकारी मनोनयन
  • CIA Khabar

  • काठमाडौँ।नेकपा एकीकृत समाजवादीले पार्टीको चुनाव चिह्न कलम राख्ने भएको छ ।

    पार्टीको बिहीबार बसेको स्थायी कमिटीको बैठकले पार्टीको चुनाव चिह्न कलम राख्ने निर्णय गरेको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।

    बैठकले चार पदाधिकारी मनोनयन गरेको छ । प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडालाई उपमहासचिव तथा गरिमा साह, जीवनराम श्रेष्ठ र भागवत विश्वासीलाई सचिवमा मनोनित गरेको छ ।

    स्थायी कमिटी बैठकपछि पत्रकारसँग कुरा गर्दै प्रचार विभाग प्रमुख खतिवडाले गठबन्धन सरकारमा आफूहरुले चारवटा मात्र मन्त्रालय पाउने जानकारी दिए ।

    यसअघि पाँच मन्त्रालय र एक राज्यमन्त्री दावी गरेको सो पार्टीले दुई मुख्यमन्त्री पाउने भएपछि संघीय सरकारमा चार मन्त्रालयमा पाउने भएको हो ।

    नेकपा एसले स्वास्थ्य तथा जनसंख्या,  श्रम तथा रोजगार, संस्कृति पर्यटन तथा नागरिक उड्डयन र सहरी विकास मन्त्रालय पाउने भएको छ । मन्त्रीको नाम टुंगो लगाउने जिम्मा अध्यक्ष नेपाललाई दिइएको छ ।

  • २१ आश्विन २०७८, बिहीबार १९:३६ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images