नेकपा एसले स्वास्थ्यसहित ४ मन्त्रालय पाउने (सूचीसहित)
  • CIA Khabar

  • काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)ले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसहित ४ मन्त्रालय पाउने भएको छ ।

    विहीबार बसेको स्थायी कमिटी बैठकपछि पत्रकारसँग कुरा गर्दै प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले गठबन्धन सरकारमा आफूहरुले स्वास्थ्यसहित चारवटा मात्र मन्त्रालय पाउने जानकारी दिएका हुन् ।

    यसअघि पाँच मन्त्रालय र एक राज्यमन्त्रीको दाबी गरेको नेकपा एसले प्रदेशमा दुई मुख्यमन्त्री पाउने भएपछि संघीय सरकारमा चार मन्त्रालयमा पाउने भएको हो ।

    प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको सत्ता गठबन्धनका शीर्ष नेताको बैठकमा प्रदेश नम्बर १ र वागमतीको मुख्यमन्त्री नेकपा एसलाई दिने सहमति भएको हो ।

    यी हुन् नेकपा एसले पाउने चार मन्त्रालय

    १. स्वास्थ्य तथा जनसंख्या
    २. श्रम तथा रोजगार
    ३. संस्कृति पर्यटन तथा नागरिक उड्डयन
    ४. सहरी विकास मन्त्रालय

  • २१ आश्विन २०७८, बिहीबार १९:५२ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images