प्रेस स्वतन्त्रताको पक्षमा सरकार प्रतिबद्ध छ : मन्त्री कार्की
  • CIA Khabar

  • काठमाडौँ- नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रेस स्वतन्त्रताको पक्षमा सरकार प्रतिवद्ध रहेको बताएका छन् ।

    शुक्रबार मन्त्रालयमा पदबहालीपछि मन्त्री कार्कीले लोकतन्त्रमा प्रेस स्वतन्त्रतता आवश्यक रहेको भन्दै सरकार यस विषयमा प्रतिवद्ध रहेको बताएका हुन् ।

    उनले सञ्चार माध्यमको विकृतिलाई रोक्दै समाजलाई सकारात्मक दिशामा अघि बढाउनुपर्ने बताए । त्यस्तै उनले सरकारको कामकारबाहीलाई पारदर्शी बनाउन सूचना प्रविधिको उच्च प्रयोग अपरिहार्य रहेको तर्क गरे ।

    मन्त्री कार्कीले डिजिटल हस्ताक्षर गर्दै पदवहाली गरेका थिए ।

  • २२ आश्विन २०७८, शुक्रबार २०:५६ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images