नयाँ मन्त्रीको शपथ लगत्तै सिंहदरबारमा बस्यो देउवा सरकारको पहिलो पूर्ण मन्त्रिपरिषद् बैठक
  • CIA Khabar

  • काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा २२ जना मन्त्रिपरिषद् सदस्यहरु सम्मिलित पहिलो पूर्ण मन्त्रिपरिषद् बैठक शुक्रबार सिंहदरबारमा बसेको छ।

    मन्त्रिपरिषद् बैठकमा नवनियुक्त १६ मन्त्रीहरु र यसअघि मन्त्री भएका ६ जनासहित २२ जनाले उपस्थित जनाएका थिए ।

    शीतलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त मन्त्रीहरुलाई शपथ गराएपछि मन्त्रीहरु मन्त्रिपरिषद् बैठकमा सहभागी भएका हुन् । मन्त्रिपरिषद् बैठकलगत्तै नवनियुक्त मन्त्रीहरुले आआफ्नो मन्त्रालय पुगेर कार्यभार सम्हाल्नेछन्।

  • २२ आश्विन २०७८, शुक्रबार २१:०६ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images