प्रधानमन्त्री देउवाले भने- क्षमतावान नेतालाई मन्त्री बनाउन नसक्दा दुःख लागेको छ
  • CIA Khabar

  • काठमाडौँ– प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनको सरकार भएकाले कांग्रेसका क्षमतावान र योग्य नेतालाई मन्त्री बनाउन नसकेको बताएका छन् ।

    बालुवाटारमा आयोजित पुस्तक विमोचन कार्यक्रममा प्रधानमन्त्री देउवाले पार्टीका योग्य व्यक्तिलाई मन्त्री बनाउन नसक्दा दुःखी भएको बताए । उनले आगामी दिनमा अरुलाई उचित जिम्मेवारी दिने बताए । प्रधानमन्त्री देउवाले शुक्रबार १६ मन्त्री र २ राज्यमन्त्री थपेर सरकारलाई पूर्णता दिएका थिए ।

    भागवण्डामा कुरा नमिलेपछि कांग्रेससहित सत्तारुढ दलका अन्य घटकभित्र पनि असन्तुष्टि बढेको छ । मन्त्रिपरिषद विस्तारका क्रममा नेपालगञ्जका कांग्रेस नेता एवं प्रधानन्यायाधीशका आफन्त गजेन्द्र हमाललाई उद्योग मन्त्री बनाइएपछि प्रधानमन्त्री देउवाको आलोचना भइरहेको छ ।

    यता नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गजेन्द्र हमाल मन्त्रीमा नियुक्त भएको विषयमा हो हल्ला गर्न आवाश्यक नभएको बताएका छन् ।

    आज बिहान भरतपुर विमानस्थलमा आयोजना भएको पत्रकार सम्मेलनमा बोल्दै प्रचण्डले हमालका विषयमा चलेको चर्चाको कुनै तुक नभएको बताए ।

  • २३ आश्विन २०७८, शनिबार १९:२५ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images