मुगुमा बस दुर्घटना: २२ जनाको मृत्यु, १८ घाइते
  • CIA Khabar

  • काठमाडौँ– मुगुमा यात्रुबाहक बस दुर्घटना हुँदा २२ जनाको मृत्यु भएको छ ।

    मुगुको छायाँनाथ रारा नगरपालिका–७ मा भएको दुर्घटनामा १८ जना घाइते भएको प्रहरीले जनाएको छ ।

    प्रहरी कार्यालयका सूचना अधिकारी जनक धामीका अनुसार घटनास्थलमा उद्धार गर्न प्रहरी टोली पुगेको छ । अहिले उद्धारको काम भइरहेको छ ।

    नेपालगन्जबाट मुगुको गमगढी जाँदै गरेको बस पिना झ्यारीखोलामा दुर्घटना भएको हो ।

    अहिले प्रहरी टोली र स्थानीयहरु उद्वारका लागि घटनास्थलमा पुगेको प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले बताए ।

  • २६ आश्विन २०७८, मंगलवार १९:२९ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images