मुगु बस दुर्घटना अपडेट: मृतकको संख्या ३२ पुग्याे
  • CIA Khabar

  • काठमाडौँ– मुगुमा यात्रुबाहक बस दुर्घटना हुँदा मृत्यु हुनेकाे संख्या ३२ पुगेकाे छ । मुगुको छायाँनाथ रारा नगरपालिका–७ मा भएको दुर्घटनामा २४ जनाकाे घटनास्थलमै, ४ जनाकाे ताल्चा विमानस्थल पुर्‍याउने क्रममा र उपचारका लागि नेपालगञ्ज पुर्‍याइएका थप ४ जनाकाे मृत्यु भएकाे प्रहरीले जनाएको छ ।

    नेपालगन्जबाट मुगुको गमगढी जाँदै गरेको भे १ ख ३१६७ नम्बरकाे बस पिना झ्यारीखोलामा दुर्घटना भएको हो । प्रहरीका अनुसार घटनास्थलमा मृत्यु भएकामध्ये १६ पुरुष, ७ महिला र १ बालक छन् ।

  • २६ आश्विन २०७८, मंगलवार २१:३० प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images