पिसाब पोल्ने समस्या कम गर्ने घरेलु उपाय
  • CIA Khabar

  • सामान्यतया कम पानी पिउने मानिसमा पिसाब पोल्ने समस्या बढि हुने गर्दछ । यो समस्या बच्चा, वृद्ध सबैमा हुन सक्छ । यो समस्या केही दिनमा आफै ठिक हुन्छ भने कहिलेकाहीँ लामो समयसम्म पनि हुन सक्छ ।

    पिसाब पोल्ने समस्या गर्मी मौसमा बढि हुन्छ । यस अलावा शरीरलाई आवश्यक पानीको मात्रा कम भएर वा लामो समय सम्म पिसाब रोक्नाले पनि पिसाब पोल्ने हुन सक्छ । यसका साथै मुत्र नलीको संक्रमण, मृर्गौलामा पत्थरी, शरीरमा पानीको कमी, अल्सर, गर्भवतीको समयमा स्नायु तथा ढाडको हड्डी क्षतिग्रस्त हुनु, मधुमेह, तथा मूत्रनली खुम्चिनु लगायतका कारणले पनि पिसाब पोल्न सक्छ ।

    पिसाब पोल्ने समस्या कम गर्ने घरेलु उपायः
    – प्रशस्त पानी वा झोलिलो पदार्थ पिउने ।
    – दैनिक १ गिलास गाँजरको रस पिउने ।
    – फोहोर शौचालयको प्रयोग नगर्ने ।
    – बोटैमा पाकेको अर्गानिक फल खाने ।
    – अमला, हर्रो बर्रो एक गिलास पानीमा भिजाइ बिहान–बिहान सेवन गर्ने ।
    – मेथीको साग खाने
    – अमिलो फलफूल जस्तै कागती, सुन्तला जस्ता फलफूल खाने ।
    – सरसफाइमा विशेष ध्यान दिने ।
    – कटन वा सुतिको कपडाको अण्डरवेयरको प्रयोग गर्ने । विभिन्न एजेन्सीको सहयोगमा

  • २७ आश्विन २०७८, बुधबार ०९:५४ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images