पर्यटकीय तालपोखरामा शताब्दी पुरुष सुब्बा लोकनाथको प्रतिमा
  • CIA Khabar

  • पाल्पा – पाल्पाको पर्यटकीय स्थल तालपोखरामा शताब्दी पुरुष सुब्बा लोकनाथ उपाध्याय रेग्मीको प्रतिमा स्थापना गरिएको छ । पर्यटकीय तालपोखरामा तालपोखरा संरक्षण समितिले तालपोखरा निर्माणको सपना देखेर शुरुवात गरेको श्रीमद्भागवत धनधान्याञ्चल महायज्ञमा धेरै सहयोग गर्नेको प्रतिमा निर्माण गर्ने निर्णय गरेअनुरुप निर्माण गरिएको उपाध्याय रेग्मीको प्रतिमा रामपुर नगरपालिकाका नगरप्रमुख रमण बहादुर थापाले अनावरण गर्नुभयो ।

    रामपुर क्षेत्रका समाजसेवी शताब्दी पुरुष लोकनाथ रेग्मीमा हौसला र उहाँको दिर्घजिवनको शुभकामना सहित उहाँकै उपस्थितिमा प्रतिमा उद्घाटन गरिएको तालपोखरा संरक्षण समितिले जनाएको छ । रेग्मीको अर्धकदको प्रतिमा दिल्लीको पहाडगंजमा बनाई ल्याइएको हो । प्रतिमा अनावरण गर्दै रामपुर नगरपालिकाका नगरप्रमुख रमण बहादुर थापाले एक युग काट्नुभएका बुवाको सम्मानमा तालपोखरा संरक्षण समितिले पार्कमा प्रतिमा बनाएर सरकारी सेवा र समाजसेवामा उहाँले गर्नुभएको योगदानको कदर गरेको बताउनुभयो । यसरी नै सधै आर्शिवाद लिन पाइरहु नगरप्रमुख थापाले भन्नुभयो–जिवनका धेरै अनुभव सँगै परिवारको मायाँले अझै पनि रिष्टपुष्ट लोकनाथ रेग्मीको सामाजिक भावनाको सिको सबैले आत्मसाथ गरेर यहाँको विकासमा भुमिका खेल्न आग्रह आबश्यक छ ।
    रामपुर नगरपालिका प्रवक्ता तथा वडा न ६का वडाध्यक्ष हुमनाथ न्यौपानेले तालपोखराको गति लिन सुब्बा बुवा लगायत धेरैको उल्लेख्य सहयोग रहेको बताउनुभयो । सुब्बा लोकनाथ उपाध्याय रेग्मीका छोरा सुदन रेग्मीले धेरै ठाउँमा बुवाको सहयोग रहेको बताउदै तालपोखराले देखिने र महशुस हुने गरि सम्मानपुर्वक गरेको हौसला प्रति धन्यवाद व्यक्त गर्नृुभयो ।
    तालपोखरा संरक्षण समितिले १० लाख रकम माथि सहयोग गर्ने ७ जनाको प्रतिमा स्थापना गर्ने क्रममा पहिलो प्रतिमा स्थापना गरेको र अब क्रमशः सहयोगीदाताको गर्विलो सहयोगको कदर प्रति प्रतिमा बनाउने समितिका अध्यक्ष सागर प्रसाद देवकोटाले बताउनुभयो ।

    वि. स.२०६५ सालको पौष ११ देखि १८ गतेसम्म हालको ताल रहेको भागमा भएको धन धान्यान्चल महायज्ञमा शताव्दी पुरुष लोकनाथ रेग्मीले १३ लाख ३३ हजार ३ सय ३३ रुपयाँ दान गर्नुभएको थियो । विसं १९७९ साल भदौ २६ गते आमा टिकाकुमारी र वुवा दण्डपानीबाट स्याङ्जा जिल्ला लुव्दीखोलामा जन्मनु भएका रेग्मी वि.स.१९९६ सालमा डिट्ठाबाट सरकारी सेवामा प्रवेश गर्नुभएको थियो । ३९ बर्षकै उमेरमा सेवा निबृत हुनुभएका उपाध्याय रेग्मीले जागिरबाट अबकाश पाए यता सामाजिक काममा सक्रिय हुनुभएको थियो । रामपुर क्षेत्रका तालपोखरा सहित दरैठाटी माबि, रामतुलसी माबि, गंगा माबि, शहिद बहुमुखी क्याम्पस लगायतका शैक्षिक संस्था, रेडियो रामपुर, आखाँ अस्पताल, राममन्दिर सहित दर्जनौ स्थानमा अक्षयकोष तथा अनुदानका रुपमा लाखौं सहयोग गर्दै आउनुभएको छ । हाल उहाँका धर्मपत्नी, ३ भाई छोरा–बुहारी, नाति–नातिना र पनातिपनातिना सहित १सय २५ बढी परीवार सदस्य छन् ।

    सोही अबसरमा तालपोखरा संरक्षण समितिका संस्थापक अध्यक्ष देवराज देवकोटाले स्वागत गर्दै तालपोखरा स्थापना सपना अहिलेसम्मको अबस्था बारे जानकारी दिदै आकर्षणको केन्द्र तालपोखरामा अझै धेरै काम निरन्तर गर्दै जानुपर्ने बताउनुभयो । तालपोखरा संरक्षण समितिका अध्यक्ष सागर प्रसाद देवकोटाको अध्यक्षतामा चलेको कार्यक्रमको सञ्चालन सचिव सुनिल देवकोटाले गर्नु भएको थियो ।

  • १ कार्तिक २०७८, सोमबार १३:१३ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images