प्रधानन्यायाधीश राणाले आज पनि तोके ८ इजलास, न्यायाधीहरू बहिस्कार जारी
  • CIA Khabar

  • काठमाडौँ – सर्वोच्च अदालतका न्यायाधीशले आज पनि इजलास बहिस्कारलाई निरन्तरता दिएका छन् ।

    प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले आज ८ वटा इजलास तोके पनि न्यायाधीशहरू आन्तरिक छलफलमा रहेको एक न्यायाधीशले बताएका छन् ।

    यसअघि बुधबार र बिहीबार एकल इजलास तोकेका प्रधानन्यायाधीश राणाले आज भने आफूसहित कुमार चुडालसमेत रहेको संयुक्त इजलास तोकेका छन्। उक्त इजलासमा ३० वटा पेसी राखिएको छ। जसमा १७२ वटा मुद्दा छन् ।

    न्यायाधीशहरू भने केहि दिनदेखि प्रधानन्यायाधीशले तोकका पेसी र इजलासमा बसेका छैनन् ।

  • १२ कार्तिक २०७८, शुक्रबार ११:४३ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images