कांग्रेस नेता सिंहले भने, न्यायालयको गतिरोधको निकास दलहरुले दिनुपर्छ
  • CIA Khabar

  • काठमाडौँ – नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले न्यायालयमा भइरहेको गतिरोध अन्त्यका लागि राजनीतिक दलले चाँडो निकास दिनुपर्ने बताएका छन् ।

    नेपाली कांग्रेस सुनसरी-काठमाडौँ सम्पर्क समितिले दीपावली तथा छठ पर्वको अवसरमा शनिवार काठमाडौँमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा पूर्व महामन्त्री सिंहले न्यायालयमा हुन नहुने घटना भइरहेको भन्दै जिम्मेवार दलका नेताहरूले यसमा चाँडो समाधान दिनुपर्ने बताए ।

    कार्यपालिका र न्यायपालिका संविधानको मर्म अनुसार चेक एन्ड ब्यालेन्स सिस्टममा चल्नुपर्ने उनले बताए । ‘न्यायपालिकाले कार्यपालिकालाई प्रभावित पार्ने, कार्यपालिकाले न्यायपालिकामाथि हस्तक्षेप गर्दा व्यवस्थामा खतरा हुन्छ,’ उनले भने,  ‘संविधानअनुसार जिम्मेवारी बहनमा कमी आएकाले समस्या भएको हो, संविधानको भावना र मर्म अनुसार चल्नुपर्छ ।’

    स्वार्थका लागि विधि र प्रक्रिया थन्काएर जे पनि गर्दा हुन्छ भन्ने प्रवृत्तिमा अगाडि बढेमा सिस्टम खलबल हुने उनको भनाइ छ ।

  • १३ कार्तिक २०७८, शनिबार १०:३२ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images