अवैधरूपमा कुवेतमा काम गर्दै आएका चार नेपालीको मृत्यु
  • CIA Khabar

  • दोहा- वैदेशिक रोजगारीको सिलसिला कुवेतमा कार्यरत चार नेपाली कामदारको मृत्यु भएको छ । मृत्यु हुनेमा तीन महिला र एक पुरुष छन् ।

    तेह्रथुम आठराई घर भएकी २६ वर्षीया सञ्चिता बस्नेतको त्यहाँको र्वानिया अस्पतालमा मृत्यु भएको कुवेतस्थित नेपाली दूतावास स्रोतले जनाएको छ ।

    यस्तै इलाम सन्दुकपुरका प्रदीप फागुको गत शनिवार हृदयाघातका कारण मृत्यु भएको बताइएको छ । मृतक फागु त्यहाँको मंगाफस्थित ब्लक-३ मा आफ्नै कोठामा मृत अवस्थामा फेला परेका थिए ।

    मृतक मध्ये अन्य दुई जनाको परिचय खुल्न सकेको छैन ।  फिङ्गर प्रिन्ट रिपोर्ट आएपछि शवको पहिचान हुने दूतावासले जनाएको छ ।

    पछिल्लो समय अधिकांश नेपाली महिला कामदार श्रम स्वीकृति बिनै गैर कानुनी बाटो हुँदै तेस्रो मुलुक कुवेत प्रवेश गर्ने गरेका छन् ।

  • १३ कार्तिक २०७८, शनिबार १०:३६ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images