कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका गृहमन्त्री बालकृष्ण खाँणद्वारा पशुपतिमा पूजाअर्चना
  • CIA Khabar

  • काठमाडौँ – कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका गृहमन्त्री बालकृष्ण खाँणले आज बिहान पशुपति मन्दिर पुगेर आराध्यदेव भगवान् पशुपतिनाथको पूजाअर्चना गरेका छन् ।

    उनले सर्वसाधारणकै बीचमा लाइनमा बसेर पशुपतिनाथको दर्शन गरेका हुन् । सो अवसरमा उनले पशुपतिनाथका पुजारीबाट अभिषेक ग्रहण गरेका थिए । पशुपतिनाथ दर्शन गर्ने क्रममा परिसरमा रहेका वासुकी, सत्यनारायणलगायतका मन्दिरको उनले दर्शन गरे।

    दर्शन गरी फर्कने क्रममा पशुपतिनाथ दर्शन गर्न लाइनमा बसेका सर्वसाधारणसँग करिब डेढ घण्टा भलाकुसारीसमेत गरेका थिए। दर्शन गरी मन्दिर परिसरबाट बाहिरिने क्रममा सञ्चारकर्मीको जिज्ञासामा उनले मुलुकको समृद्धि, नेपाली जनताको सुख र शान्ति सुव्यवस्थाका लागि कामना गरेको बताए।

  • १३ कार्तिक २०७८, शनिबार १०:५० प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images