फूल टिप्न र माला उन्नमा व्यस्त फूल व्यबसायी
  • CIA Khabar

  • पाल्पा –

    तिहारमा दिदीबहिनीले दाजुभाईको दिर्घायुको लागि लगाइदिने सयपत्री फूल टिप्न र माला उन्न यतिबेला फुल व्यबसायीलाई भ्याइनभ्याई छ । पाल्पाको रामपुर नगरपालिका ४ मा व्यबसायिक फुलखेती गर्दै आउनुभएका दिल बहादुर थापाले तिहारलाई मध्यनजर गर्दै लगाउनुभएको फूल यतिबेला टिप्न हतारो छ ।


    तिहारमा मौलिक र स्थानीय उत्पादन फूलमा आकर्षण बढेसँगै फूल खेती बिस्तार गर्नुभएका दिल बहादुरको बारीमा ढकमक्क फुलेका फूल लिन पुग्नेहरु दिनप्रतिदिन बढेका छन् । तिहार नजिकिदै गर्दा उहाँका फुलबारी एकैपटक दर्जनौ पुग्ने गरेका छन् । दिल बहादुरले ३ बर्षदेखि फुल खेती गर्दै आउनुभएको छ । ३ पटक मौसमी र एक पटक चैतमा समेत फुल उत्पादन गर्नुभएका दिल बहादुरले अहिले उन्नत जातको सयपत्री फुल जसमेत थप्नु भएको थियो ।
    केही बर्ष अघिसम्म प्लाष्टिकका मालाले तिहारमा बजार ढाक्ने गरेकोमा स्थानीय मौलिक उत्पादनका फूल पाएपछि ताजा सयपत्री, मखमली फूल दाजुभाईलाई लगाइदिने बढेका छन् । फूलको माग बढ्दो छ थापाले भन्नुभयो- अहिले ४ रोपनी क्षेत्रफलमा फूल खेती गरेको छु । बिगतका बर्षमा स्थानीयलाई प्राथमिकता दिनुभएका दिलुले फुलाएका फूलको माग बढ्दो थियो । जिल्लामा नै पहिलो व्यवसायिक फूलखेती शुरु गर्नुभएका थापाले स्थानीयलाई प्राथमिकता दिएर पनि विगतदेखि नेपालगञ्ज, बुटवलमा व्यापार गर्दै आउनुभएको छ । यो सिजनमा १ लाख ५० हजारको आम्दानी हुन सक्ने उहाँको भनाई छ ।

    यसबर्ष फूल राम्रै छ तर पानीले असर पुर्‍यायो थापाले भन्नुभयो- गतबर्ष कोभिड१९ का कारण व्यवसाय थलिएकोमा अहिले अलि राम्रो भएको उहाँले बताउनुभयो । कोरोनाले खासै कार्यक्रम भएन दशैंदेखि तयार भएका फूल तिहारको पर्वका २ दिन अघि केही मात्रामा कटेको थियो-उहाँले भन्नुभयो ।
    विदेश गएर केही बर्षमा फर्किनुभएका दिल बहादुरसँगै उहाँकी श्रीमती सुकमाँया पनि खेतबारीको फुलखेतीमा साथ दिनुभएको छ। फुलले राम्रो गरेको छ सुकमायाले भन्नुभयो ।
    दिल बहादुरले फूलखेती सहित व्यवसायिक तरकारी पनि उत्पादन गर्दै आउनुभएको छ । पहिलेको तुलनामा फूल खेती बढाएका छौं, सयपत्री फूल अझ राम्रो जातको पनि ल्याएका छौं सुकमायाँले भन्नुभयो ।
    यसबर्ष दशैं पर्वमा बिवाहमा समेत राम्रो फूल बिक्री भएको छ । गतबर्षको दाजोमा यसबर्ष दशैं अघिदेखि नै कार्यक्रम भएकाले सामान्यतया फूल राम्रै बिक्री भएको हो । फूलको माग नेपालगञ्जबाट पनि आएको छ तर यस बर्ष तिहार पछि भएकाले फूल आफ्नै क्षेत्रमा खपत हुने भएकाले बाहिर पठाउन नसक्ने आकंलन हाम्रो छ उहाँले भन्नुभयो ।
    तिहारको यो समय फूलको प्रति माला १ सय ५० र फुल प्रतिकिलो ५ सयमा बिक्री भएको दिल बहादुरले बताउनुभयो ।
    दिल बहादुरको बारीमा फूलेका फूल लिन पाल्पा सहित छिमेकी जिल्ला स्याङ्गजा र तनहुँका समेत आउने गरेका छन् । पाल्पामा पछिल्लो समय सयपत्री फूलखेती गर्ने किसानको संख्या थपिन थालेको छ । फूलको राम्रो व्यापार हुने हुँदा व्यवसायिक फूल खेतीमा लागेका हुन् ।

     

  • १५ कार्तिक २०७८, सोमबार १९:०६ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images