काँग्रेस रामेछापमा पुनः मतगणनाको माग
  • CIA Khabar

  • रामेछाप । नेपाली काँग्रेस रामेछापको १४ औं जिल्ला अधिबेसनमा भएको मतगणना आफुलाई चित्त बुझ्दो नभएको भन्दै पुनः मतगणणको माग गर्दै केन्द्रीय निर्वाचन समितीमा निबेदन दिएका छन् ।
    घोषित परीणाममा पराजित तर विजय निकट मत प्राप्त गरेका जिल्ला उप सभापतिका उम्मेदवार बेदराज लामा , महाधिवेशन प्रतिनिधिहरु झनकवहादुर श्रेष्ठ, डा. सुमन कर्माचार्य, गजेन्द्र खड्का, सुमित्रा मोक्तान र श्रृजना खड्काले पुनः मतगणनाको माग गर्दै केन्द्रीय निर्वाचन समितीमा निबेदन दिएका हुन ।
    महाधिवेशन प्रतिनिधिको लागि व्यवस्था गरेको मतपेटिकामा जिल्ला समितिका पदाधिकारीको मत भेटिएको, जिल्ला कार्यसमितिका पदाधिकारीहरु र सदस्यको मतपेटिकामा महाधिवेशन प्रतिनिधिका ४९ मत भेटिएको र उक्त मत गणना नभएको हुदा पुनः मतदानको माग सहित उनिहरुले मंगलबार केन्द्रीय समितिमा निवेदन दिएका हुन ।
    निवेदनमा उम्मेदवारहरुलाई मतगणनाको आचार संहिता बारे जानकारी नदिएको, मतगणना स्थलमा पस्न नदिएको, सिमित उम्मेदवारको दवावमा मत गनिएकोले जित्ने उम्मेदवार हार्ने र हार्ने ले जित्ने संभावना भएको हुदा“ उक्त मतपत्र केन्द्रीय समितिमा झिकाएर पुनः मतगणना गर्न माग गरेको माहाधिबेसन प्रतिनिधीका उमेरद्वार झनकवहादुर श्रेष्ठले वताए ।
    हिमाली जिल्ला रामेछापमा गएको असोज २६ गते जिल्ला कार्यसमिति र महाधिवेशन प्रतिनिधिका लागि मतदान भएको थियो । जिल्लामा निर्वाचन गराउनका लागि खटी आएका जिल्ला निर्वाचन अधिकृत विष्णु लुईटेलले मतपरिणाम घोषणा सहितको प्रतिवेदन र निजहरुको निवेदन समेत राखेर केन्द्रीय निर्वाचन समितिलाई वुझाईसकेको जानकारी समेत श्रेष्ठले दिएका छन् ।
    निवेदकहरु विजय भएका उम्मेदवार बाट झिनो मतको अन्तरमा विजय भएका थिए । गणना नगरीएका ४९ मत गन्दा र आचारसंहिता लाई पूर्ण रुपमा पालना गराउदा महाधिवेशन प्रतिनिधिका केहि विजयी उम्मेदवारले हार्ने कुराको चर्चा काँग्रेस कार्यकर्ताहरु गर्दै आएका छन् ।

  • १८ कार्तिक २०७८, बिहीबार ११:१९ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images