कञ्चनपुर।बेदकोट नगरपालिका क्षेत्रका ९ जना किसानले बेचेका थारा भैसी र भैसीका पाडालाई सशस्त्र प्रहरी बल ३५नम्बर गणका सशस्त्र प्रहरी उपरीक्षक बिरेन्द्र ऐरको निर्देशनमा नियन्त्रणमा लिएर भन्सार चलान गरेको प्रकरणमा सशस्त्र प्रहरीको आलोचना भएको छ ।
भारतबाट चोरी तस्करी गरि भन्सार नकाटेर ल्याएको जस्तै व्यवहार गरि शुक्लाफाँटा नगरपालिका ५पिपलाडी स्थित आफ्नै गण अघि नियन्त्रणमा लिएर भन्सार चलान प्रकरणमा स्थानीय किसानले सशस्त्र प्रहरीको आलोचना गरेका छन ।
किसानले बेचेका भैसीमा घुस नदिएको झोकमा भन्सार चलान गरेको प्रकरणमा बेदकोट नगरपालिकाले समेत भत्र्सना गरेको छ ।
बेदकोट नगरपालिका ६ का वडाध्यक्ष फट्टे राम रानाले ९ किसानका १८थारा भैसी बेचेको सिफारिस गरेका छन । कैलालीको गोदाबरी नगरपालिका ४ मालाखेतीमा संचालित स्वर्णिम एग्रिकल्चर प्रालिसंग बेचेको भएकाले सम्बन्धीत निकायसंग आवश्यक सहजिकरणका लागि सिफारिस गरेपनि सशस्त्र प्रहरीले तस्करीबाट रकम अशुलेजस्तै गरेर नियन्त्रणमा लिएपछि आलोचित भएको हो । स्थानीय किसान खडक सिह राना, बिरुद्ध राना, नवराज गिष्ट, ललित सिह धामी, भागवत राना, बेचा राना, जगदिश भट्ट, कृष्ण अवस्थी, सग्राम भाटले भैसी बेचेका थिए ।
तर, सशस्त्र प्रहरीले भारतबाट चोरी पैठारी भन्दै गलत प्रमाण पेश गरेर भन्सार चलान गरेको थियो । किसानले थारो भैसी हाट बजारमा लैजाने क्रममा सशस्त्र प्रहरीले रोकेर भन्सार चलान गरेपछि किसान अचम्मित भएका हुन । सीमा क्षेत्रमा लस्करका तस्कर भईरहदा समेत सशस्त्र प्रहरीले सीमा क्षेत्रमा ध्यान दिन छाडेर किसानका भैसीमा समेत गिद्दे नजर लगाएर संगठनकै बदनाम गरेको भन्दै किसानले सशस्त्रको कामप्रति भत्र्सना गरेका छन ।
मालाखेतीका किसान बालकृष्ण भट्टराईले किसानले दुध दिन छाडेका भैसी बेच्नका लागि हाट बजार लैजाने क्रममा सशस्त्र प्रहरीले रोकेर सिधै भन्सार चलान गरेको बताए । ‘हामीले जुन किसानबाट भैसी किनेका थियौँ, ‘उनले भने, ‘सबै किसानको भैपाई, बेदकोट नगरपालिका ६को सिफारिस र बेदकोट नगरपालिकालाई निकासी कर समेत बुझाउँदा सशस्त्र प्रहरीले नियन्त्रणमा लिनु नियत नै ठिक भएन ।
भन्सार अधिकृत प्रमानन्द जोशीले सशस्त्र प्रहरीले भन्सारमा बुझाएका भैसी लिलाम गरिएको बताए । ‘पहिलो दिन नै सुचना जारी गरेका थियौँ, ‘उनले भने, ‘कसैले लिलाम बोलेनन, ‘दोस्रो दिन मुल्य घटाएपछि सशस्त्र प्रहरीले भन्सार बुझाएका सबै भैसी लिलाम गरिदिए ।
सीमा क्षेत्रमा आँचाक्ली तस्करी हुँदा समेत सशस्त्र प्रहरी बल लाईन दिनेका समानतिर ध्यानै नदिने लाईन नदिनेमाथि लाईनकै लागि समात्ने तर, किसानले हाट बजारमा भैसी बेच्ने क्रममा अवरोध खडा गर्ने नियत नै ठिक नभएको किसानको दुखेसो छ । भैसी भन्सार चलान प्रकरणमा प्रदेश सशस्त्र प्रहरीले सशस्त्र प्रहरीको भैसी किसानबाट पैशा अशुल्ने नियत भेटिए कार्बाही गर्ने जनाएको छ ।
सशस्त्र प्रहरी नायब महानिरीक्षक दुर्गा भट्टराईले कञ्चनपुर सशस्त्र प्रहरीले आफुलाई पनि भारतबाट भैसी तस्करी भएर नेपालगञ्ज गईरहेको सूचना प्राप्त भएको जानकारी दिएको बताए । ‘किसानले बेच्न लैजादा वा व्यवसायीले ओसार्दा प्रकृया पुरा गरे नगरेको अब भन्सारले हेर्नेछ, ‘उनले भने, ‘यही भैसी भन्सार प्रकरणमा सशस्त्र प्रहरीले पैशा अशुल्ने वा दुख दिने नियत भेटिए कार्बाही गछौँ ।’ सो प्रकरण बारे सशस्त्र प्रहरीको उपल्ला निकायले छानबिन गर्नुपर्ने किसानको माग छ ।